नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा
चितवन | असोज ६, २०८२
चितवन: गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ।
तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक आज साँझ ५ः३० बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राती बन्द गरिएको थियो। आज बिहान देखि एकतर्फी रुपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजे देखि ३ बजे सम्म पूर्णरुपमा बन्द गरी पहिरो पन्छाइएको थियो।
अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

